भारतलाई परराष्ट्रमन्त्रीको शुभकामना- विश्वका लागि लोकतन्त्रको चम्किलो उदाहरण बनिरहोस् « Khabarhub

भारतलाई परराष्ट्रमन्त्रीको शुभकामना- विश्वका लागि लोकतन्त्रको चम्किलो उदाहरण बनिरहोस्


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतलाई शुभकामना दिएकी छन् ।

शुक्रबार समकक्षी डा. एस. जयशंकरलाई सम्बोधन गर्दै राणाले त्यहाँस्थित सरकार र जनताप्रति स्वतन्त्रता दिवसको शुभकामना दिएकी हुन् ।

समकक्षी डा. एस जयशङ्करलाई सम्बोधन गर्दै राणाले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको उल्लेख गरेकी छन् ।

‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ’, परराष्ट्रमन्त्री राणाले एक्समा लेखेकी छन्, ‘भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस् ।’

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : ३१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले