विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने « Khabarhub

विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रालयस्तरको विकास समितिको बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन थप काम गर्नुपर्ने सहभागी सदस्यहरूले औँल्याएका छन् । समितिको बैठकमा सहभागी नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राजस्व सचिव लगायतले थप काम गर्नुपर्ने औँल्याएका हुन् ।

बैंठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले अर्थतन्त्रका सूचकहरू ठीक भएपनि निजी र सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन जरुरी रहेको बताएका थिए । 

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्व पौडेलले व्याजदर कम भएका बेला अर्थतन्त्रलाई अझ बढी चलायमान बनाउन निश्चित क्षेत्रमा सरकारले नै ‘विग पुस’ गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, अर्थ सचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजाहरू आइसकेका हुनाले आत्मसमीक्षा गरी  काममा केन्द्रित हुनु पर्ने बताए भने राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रमहरू कार्यान्वयनमा अहिलेदेखि तदारुकताका साथ लाग्दा मात्र लक्ष्यहरू पूरा हुन सक्ने बताए । उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो औँल्याए। 

साथै, अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सुचकह सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए ।

तर, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरू पूरा गर्ने गरी लाग्न निर्देशन दिए । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पुँजीगत खर्च, राजस्व संकलन लगायतका लक्ष्यहरू पूरा गर्नका लागि अहिलेदेखि  सक्रिय भएर लाग्न निर्देशन दिए ।

औसत प्रयासले लक्ष्यहरू पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए । उनले समस्याहरूमा अल्झिने भन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गरे । 

निजीक्षेत्रको मनोबल बढाउनुले अध्यादेश, नीति तथा कार्यक्रमहरूले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १२ : ०४ बजे

निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले