राष्ट्रियसभामा सांसदले भने- कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्‍यो « Khabarhub

राष्ट्रियसभामा सांसदले भने- कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्‍यो


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने, ज्येष्ठ नागरिकले सहजै भत्ता पाउनुपर्नेलगायत माग गरेका छन् ।
 
बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले प्रतिवर्ष १५ लाख मेट्रिकटन मल आवश्यक  भए पनि तीन लाख मेट्रिकटन मात्रै उपलब्ध भएको तथा पाँच लाख मेट्रिकटन मल अवैध रूपमा भित्रिने गरेको भन्दै यस विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद सुमित्रा विसीले बर्खायाम सकिन लाग्दा पनि रोपाइँ नसकिएको र प्रतिकिसान २५ किलो मल दिने भनिए पनि नपाएर खाली हात फर्कने गरेको उल्लेख गर्दै स्थायी रूपमा यो समस्या समाधान गर्न सरकारसँग माग गरे ।
 
सांंसद इन्दिरादेवी गौतमले बेरोजगारीका कारण युवामा मानसिक समस्या बढ्दै गएकाले मानसिक स्वास्थ्य उपचारतर्फ ध्यान दिन आग्रह गरे ।
 
सांसद जगप्रसाद शर्माले आयुर्वेद विज्ञानका हिसाबले नेपाल सम्भावना बोकेको देश भएको र २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयले आयुर्वेदिक शिक्षण अस्पताल सुरु गरी उपचार गर्दै आए पनि अहिलेसम्म कुनै दरबन्दी नहुँदा सेवा दिन समस्या भएकाले यसतर्फ ध्यान दिन सरकारसँग माग गरे ।
 
सांसद तुलसाकुमारी दाहालले मधेस प्रदेशमा कायमै रहेको दाइजोप्रथा र बालविवाह हटाउन आवश्यक रहेकामा जोड दिइन्  ।
 
सांसद मायाप्रसाद शर्माले ज्येष्ठ नागरिकले उनीहरू बस्दै आएको ठाउँबाट भत्ता लिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
 
सांसद शारदादेवी भट्टले कैलाली कारागारमा भएको घटनाप्रति खेद व्यक्त गर्दै १४० जनाको क्षमता भएको स्थानमा चार/पाँच सय राख्दा यस्तो अवस्था आएको हुनाले देशभरका सबै जेलको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराइन् । रासस
 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : ५१ बजे

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८