भोजपुरका किसानलाई कोदो रोप्न चटारो « Khabarhub

भोजपुरका किसानलाई कोदो रोप्न चटारो


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रूपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन् । कोदो भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सिका, दावासँगै जिल्लाका नौ वटै स्थानीय तहमा खेती हुने गरेको छ । 

यस वर्ष समयमा वर्षात् नहुँदा खडेरीका कारण बेँसी क्षेत्रमा कोदो रोप्न केही ढिला भएको किसानले बताएका छन् । वर्षात् भएपछि किसान कोदोखेतीमा जुटेका हुन् । 

कोदो स्थानीय बजारमा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले बिक्री हुने गरेको छ । रैथाने बालीका रूपमा रहेको कोदोबाली प्रवद्र्धनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने स्थानीय कृषक रामबहादुर खत्रीले बताए । 

‘व्यावसायिक रूपमा कोदोखेती गर्ने चलन त छैन’, उनले भने, ‘आफूले खानका लागि खेती गर्दै आएका छौँ, गाउँघरमा अहिले कोदोखेतीको चटारो छ, राज्यले कोदोखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।’

कोदोबाट रोटी, ढिँडो, केक, पेय पदार्थका साथै विभिन्न मिष्टान्न परिकार बनाउन प्रयोग गरिन्छ । गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रफलमा खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष पनि सोही हारहारीमा खेती हुने आङ्कलन रहेको केन्द्रको भनाइ छ ।  

श्रमका आधारमा उत्पादन कम हुने भएकाले यसतर्फ कृषकको आकर्षण घट्दै गएको स्थानीय किसानले बताउने गरेका छन् । कोदाको मूल्य स्थिर नहुँदा भने बेचबिखनमा समस्या हुने गरेको किसानको भनाइ छ । रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : २६ बजे

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहले दिए राजीनामा

महेन्द्रनगर– मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

गोरखा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ ।