भोजपुरका किसानलाई कोदो रोप्न चटारो « Khabarhub

भोजपुरका किसानलाई कोदो रोप्न चटारो


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रूपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन् । कोदो भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सिका, दावासँगै जिल्लाका नौ वटै स्थानीय तहमा खेती हुने गरेको छ । 

यस वर्ष समयमा वर्षात् नहुँदा खडेरीका कारण बेँसी क्षेत्रमा कोदो रोप्न केही ढिला भएको किसानले बताएका छन् । वर्षात् भएपछि किसान कोदोखेतीमा जुटेका हुन् । 

कोदो स्थानीय बजारमा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले बिक्री हुने गरेको छ । रैथाने बालीका रूपमा रहेको कोदोबाली प्रवद्र्धनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने स्थानीय कृषक रामबहादुर खत्रीले बताए । 

‘व्यावसायिक रूपमा कोदोखेती गर्ने चलन त छैन’, उनले भने, ‘आफूले खानका लागि खेती गर्दै आएका छौँ, गाउँघरमा अहिले कोदोखेतीको चटारो छ, राज्यले कोदोखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।’

कोदोबाट रोटी, ढिँडो, केक, पेय पदार्थका साथै विभिन्न मिष्टान्न परिकार बनाउन प्रयोग गरिन्छ । गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रफलमा खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष पनि सोही हारहारीमा खेती हुने आङ्कलन रहेको केन्द्रको भनाइ छ ।  

श्रमका आधारमा उत्पादन कम हुने भएकाले यसतर्फ कृषकको आकर्षण घट्दै गएको स्थानीय किसानले बताउने गरेका छन् । कोदाको मूल्य स्थिर नहुँदा भने बेचबिखनमा समस्या हुने गरेको किसानको भनाइ छ । रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : २६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले