उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली « Khabarhub

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ जनाउँदै दुई कोरियाबीच ‘सैन्य विश्वास’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो अभिव्यक्ति उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने कुनै चासो नभएको बताएको एक दिनपछि आएको हो ।

जुन महिनामा निर्वाचित भएका राष्ट्रपति लीले उत्तर कोरियासँग सम्पर्क पुनःस्थापना र बिना शर्त वार्ताको प्रस्ताव गर्दै आएका छन् । यसलाई उनका कट्टरपन्थी पूर्ववर्तीहरूको नीतिबाट पूर्णतया विपरीत मानिन्छ ।

जापानी शासनबाट कोरियाको मुक्ति भएको दिन अगस्ट १५ को अवसरमा आयोजित समारोहमा बोल्दै राष्ट्रपतिले लीले भने, “दक्षिण कोरियाली सरकारले उत्तर कोरियासँगको तनाव उल्लेखनीय रूपमा घटाउने र विश्वास पुनःस्थापना गर्ने उपायहरू निरन्तर खोज्नेछ ।”

सियोलको राष्ट्रिय एकीकरण शिक्षा संस्थानका अनुसार यो वार्षिकोत्सव उत्तर कोरिया र दक्षिण कोरियामा एकैसाथ मनाइने एकमात्र सार्वजनिक बिदा हो ।

राष्ट्रपतिले भने, “हामी उत्तर कोरियाको वर्तमान प्रणालीप्रति सम्मान जनाउँछौँ र दक्षिण कोरियाले कुनै पनि शत्रुतापूर्ण गतिविधिमा संलग्न हुने मनसाय राख्दैन ।”

उनको अभिव्यक्तिमा उत्तर कोरियाले पनि विश्वास निर्माण र वार्ता पुनः सुरु गर्ने दक्षिण कोरियाको प्रयासलाई सकारात्मक रूपमा लिनेछ भन्ने आशा प्रकट गरिएको थियो ।

लीको अभिव्यक्ति उत्तर कोरियाली नेता किम जोङ उनले बहिनी किम यो जोङमार्फत दिएको कडा प्रतिक्रियापछि आएको हो । जोङले उत्तर कोरियाको दक्षिण कोरियासँग ‘सम्बन्ध सुधार गर्ने कुनै इच्छा छैन’ भनेका छन् । साथै उनले उत्तर कोरियाले सीमामा रहेका प्रचार लाउडस्पिकरहरू हटाइरहेको भन्ने रिपोर्टलाई अस्वीकार गरेका थिए ।

यसअघि, दक्षिण कोरियाली सेनाले जुन महिनामा दुवै देशले सीमावर्ती क्षेत्रमा प्रचार प्रसारण रोकेको जनाएको थियो । गत हप्ता सेनाले उत्तर कोरियाली सेनाले सीमामा लाउडस्पिकरहरू हटाइरहेको देखिएको पनि बताएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : ४९ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक