न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत  « Khabarhub

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल, २०८२’ (न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५) स्वीकृत गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आज उक्त प्रोटोकल स्वीकृत गरेका हुन् ।

मन्त्रालयले ग्रामीण स्वास्थ्य चौकीदेखि विशिष्टीकृत अस्पतालसम्म स्ट्रोकको उपचारमा तहगत सामाञ्जस्यता , प्रेषण र उपचार पद्धतिमा एकरूपता ल्याउने, उपचारलाई प्रमाणमा आधारित बनाउने र बिरामीको जीवन बचाउने समय सीमा (गोल्डेन आवर) भित्र उपचार सुनिश्चित गर्ने उद्देश्यले यो प्रोटोकल जारी गरेको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

‘स्ट्रोक नेपालमा मृत्यु र दीर्घकालीन अपाङ्गताको प्रमुख कारण बनिरहेको छ । यसको विनाशकारी प्रभावलाई समयमै पहिचान गरी प्रमाणमा आधारित उपचार र समन्वयात्मक हेरचाहबाट धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ,’ मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले भने, ‘यो प्रोटोकलले नेपालको स्वास्थ्य प्रणालीका हरेक तहमा स्ट्रोक व्यवस्थापनलाई स्तरिकृत गर्न र स्वास्थ्यकर्मीहरूलाई स्पष्ट मार्गदर्शन प्रदान गर्नेछ ।’

विगतमा स्ट्रोकका बिरामीको उपचार ढिलाइ हुने गरेको, उपचार पद्धतिमा एकरूपता हुन नसकिरहेको र पुनर्स्थापना सेवा प्रभावकारी नभएको जस्ता थुप्रै समस्या रहेका थिए । यही समस्यालाई सम्बोधन गर्न सम्बद्ध सरोकारवालाहरू र स्वास्थ्य क्षेत्रका विषय विज्ञहरूसँगको लामो छलफलपछि यस प्रोटोकल तयार पारेको मन्त्रालयले जनाएको छ ।

यस प्रोटोकलले आधारभूत अस्पताल, प्राथमिक अस्पताल र विशेषज्ञ तथा विशिष्टीकृत अस्पतालहरूको  आ(आफ्नो भूमिका स्पष्ट पार्दै उपचारका लागि स्पष्ट मार्ग निर्देशन तय गरेको छ ।

यसमा स्ट्रोकको आकस्मिक व्यवस्थापन, औषधि उपचार, शल्यक्रिया तथा पुनर्स्थापना जस्ता पक्षहरू समेटिएका छन् । यस प्रोटोकलको आधारमा सेवा प्रवाहका लागि अत्यावश्यक पूर्वाधार विकास एवं चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरिने मन्त्रालयले जनाएको छ ।  

विभिन्न अध्ययन अनुसार स्ट्रोकको उपचारमा ‘गोल्डेन आवर’ अर्थात् पहिलो केही घण्टा अत्यन्त महत्त्वपूर्ण हुने गर्दछ । 

यस प्रोटोकलमा सोही समयभित्र बिरामीलाई आवश्यक उपचार प्रदान गर्नका लागि आवश्यक संसाधन, प्रविधिको उपयोग, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी एवं चिकित्सकको जिम्मेवारी समेत तोकिएको छ । 

व्यक्ति, घर परिवार, समुदायको संलग्नता र स्वास्थ्य संस्थाको तत्परतामा यो प्रोटोकलको प्रभावकारी कार्यान्वयन भएमा नेपालमा स्ट्रोक उपचारको गुणस्तरमा उल्लेख्य सुधार ल्याउने र हजारौँ नागरिकको जीवन बचाउन मद्दत पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ३ : ३९ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल