युवा पुस्तालाई धार्मिक बनाउन ‘क्रान्तिकारी भजन’ « Khabarhub

युवा पुस्तालाई धार्मिक बनाउन ‘क्रान्तिकारी भजन’


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देउडा गायक सुरेश शाहीले नयाँ पुस्तालाई धार्मिक बनाउने सन्देश दिने गरी भजन गीत ल्याएका छन् ।

उनले भजन भए पनि क्रान्तिकारी धार्मिक गीत ल्याएको बताएका छन् । हालै युट्युबमा सार्वजनिक ‘भोले बाबा शिव भजन’ पाका पुस्तासँगै युवाहरूलाई पनि तान्ने उनले बताए । पाका पुस्ताका लागि मात्रै भजन गीत भन्ने मान्यता तोड्न यो भजन सफल हुने उनले बताए ।

यस गीतमा राम्रो भिडियोग्राफी गरिएको छ। अभिनय पनि गीतअनुसार हेर्न पाइन्छ । यो भजन गीत चपली हाइट, बूढानीलकण्ठ र रुद्रेश्वर महादेवसहितका स्थानमा सुटिङ गरिएको छ ।

यो भजन गीतमा गायक शाही, रीता केसी र पवन रानाभाटले स्वर दिएका छन् । शाही, केसी, गीतकी लेखिका सुमित्रा खड्का र दीपा पनेरुलाई पनि भिडियोमा देख्न पाइन्छ । शिवको भूमिकामा युवराज पौडेल र पार्वतीको भूमिकामा गीतकी लेखिका सुमित्रा छन् ।

करिब सात लाख खर्च गरेर यो भजन गीतको भिडियो निर्माण गरिएको देउडा गायक शाहीले बताए ।

गीतकी लेखिका तथा व्यवसायी सुमित्राले आफूले भजनबाट मनोरञ्जन क्षेत्रमा सक्रिय हुन थालेको बताइन् । आगामी दिनमा यस्ता गीत, डकुमेन्ट्री र फिल्ममा लगानी गर्ने सोच बनाएको उनले सुनाइन् । यो भजन गीत परम्परागतभन्दा फरक रहेको उनले बताइन् ।

सुरेश र सुमित्राले यो गीतबाट कमाउने भन्दा नयाँ पुस्तालाई सन्देश दिन खोजेको बताए । यो भजन शिवजीको महिना मानिने साउन र तीजलाई लक्षित गरेर ल्याएको सुमित्राले बताइन् ।

विक्रम चौहानले निर्देशन गरेको गीतका ऐरेन्जर तथा मिक्सिङगको काम पवन रानाभाटले गरेका हुन् । भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ०९ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले