एक वर्षमा १४ प्रतिशतले बढ्यो बिमा व्यवसाय, ४८ प्रतिशत जनसङ्‍ख्या बिमाको दायरामा « Khabarhub

एक वर्षमा १४ प्रतिशतले बढ्यो बिमा व्यवसाय, ४८ प्रतिशत जनसङ्‍ख्या बिमाको दायरामा


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव) ०८०/८१ को तुलनामा गत आव ०८१/८२ मा नेपालको बिमा व्यवसाय वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा जीवन तथा निर्जीवन कम्पनीहरूको व्यवसायमा वृद्धि हुनुका साथै कुल जनसङ्ख्यामा बीमाको दायरा समेत वृद्धि भएको हो ।

नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कअनुसार गत आवमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले अघिल्लो आवको तुलनामा १४.७६ प्रतिशत बिमा शुल्क आम्दानी वृद्धि गरेका छन् । तथ्याङ्कअनुसार गत आवमा बिमा कम्पनीहरूले दुई खर्ब २७ अर्ब १८ करोड ५९ लाख ५४ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । कम्पनीहरूले अघिल्लो आवमा यस्तो आम्दानी एक खर्ब ९७ अर्ब ९६ करोड ७३ लाख ८४ हजार रुपैयाँ गरेका थिए ।

गत आवमा जीवन बिमा कम्पनीहरूले एक खर्ब ८२ अर्ब २७ करोड ३३ लाख ४८ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरे । जुन आम्दानी अघिल्लो आवको तुलनामा १६.४७ प्रतिशतले धेरै हो । अघिल्लो आवमा जीवन बिमा कम्पनीहरूले एक खर्ब ५६ अर्ब ५० करोड १२ लाख ५४ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए ।

जीवन बिमा कम्पनीहरूले अघिल्लो आवको तुलनामा गत आवमा २८.९५ प्रतिशत बढीले प्रथम जीवन बिमाशुल्क आम्दानी बढाएका छन् भने जीवन बिमा नवीकरण शुल्क १२.९३ प्रतिशतले बढाएका छन् ।

त्यस्तै, गत आवमा निर्जीवन बिमा कम्पनीहरूले ४४ अर्ब ९१ करोड २६ लाख सात हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन्, जुन आम्दानी अघिल्लो आवको तुलनामा ८.३१ प्रतिशतले धेरै हो । अघिल्लो आवमा निर्जीवन बिमा कम्पनीहरूले ४१ अर्ब ४६ करोड ६१ लाख ३० हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका थिए ।

४८.३३ प्रतिशत जनसङ्ख्या बिमाको दायरामा

प्राधिकरणकरले प्रकाशित गरेको तथ्याङ्कअनुसार गत आवको असार मसान्तसम्म कुल जनसङ्ख्याको ४८.३३ प्रतिशत जनसङ्ख्या जीवन बिमाको दायरामा आएको छ । म्यादि, लघुम्यादि र वैदेशिक रोजगार बिमालेख सहित ४८.३३ प्रतिशत जनसङ्ख्या बिमाको दायरामा आएको हो । अघिल्लो आवमा बिमाको दायरामा आएको जनसङ्ख्या ४३.२७ प्रतिशत थियो ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा जानेले गर्ने बिमाको सङ्ख्यामा वृद्धि भएको देखिएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा गत आवमा वैदेशिक रोजगार बिमालेखको सङ्ख्यामा २५ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आवमा २० लाख ६९ हजार ४२ जनालाई वैदेशिक रोजगार बिमालेख जारी भएकोमा गत आवमा यस्तो बिमालेखको सङ्ख्यामा २५ प्रतिशतले वृद्धि भएर २५ लाख ८६ हजार तीन सय १३ पुगेको हो ।

तथ्याङ्कअनुसार गत आवको असार मसान्तसम्म एक करोड ५६ लाख ३० हजार नौ सय ९९ वटा जीवन बिमालेख सक्रिय रहेका छन् । अघिल्लो आवको असार मसान्तसम्म यस्तो सङ्ख्या एक करोड ३८ लाख ८१ हजार चार सय ९२ वटा रहेको थियो ।

त्यस्तै, निर्जीवन बिमा कम्पनीहरूले गत आवको असार मसान्तसम्म ३२ लाख ४४ हजार तीन सय ८३ वटा बिमालेख जारी गरेका छन् । अघिल्लो आवमा यस्तो बिमालेखको सङ्ख्या २९ लाख एक लाख ६ सय ४० रहेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : १२ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित