समयमै आयोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी « Khabarhub

समयमै आयोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले मन्त्रालयका आगामी योजनाहरू र समस्याहरूको समाधानको लागि सकारात्मक दृष्टिकोण अपनाउन आग्रह गरेका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित ‘आर्थिक वर्ष २०८१/०८२को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ मा मन्तव्य राख्दै मन्त्री खड्काले भने,’यो मन्त्रालय प्रत्यक्ष उत्पादन र सिधा रोजगारी र उत्पादनसँग जोडिएको छ। लगानी गरेपछि प्रतिफल दिने मन्त्रालय हो, जसले उत्पादन, रोजगारी र मुनाफाका माध्यमबाट देशलाई ठूलो फाइदा पुर्‍याउँछ।’ 

उनले समयमै आयोजना सम्पन्न नगर्दा लागतमा वृद्धि र ढिलासुस्तीको असर पर्न सक्ने कुरा उल्लेख गर्दै, ठूला आयोजनाहरूको तीव्रताका साथ अघि बढाउनु पर्ने आवश्यकता औँल्याए ।

‘जलाशययुक्त राम्रो आयोजना बनाउने चुनौतीका बीच सरकारले ठूला तीन चार वटा आयोजना निर्माण गर्ने विचारमा रहेको छ। निजी क्षेत्रको लगानी र व्यवस्थापनसँग यो प्रक्रिया अघि बढाउन सकिन्छ,’ मन्त्री खड्काले भने ।

मन्त्री खड्काले कार्य प्रणालीमा सुधारका लागि सरकारी अधिकारीहरूलाई जिम्मेवारीका साथ काम गर्न आह्वान गर्दै भने, ‘आजकल केही व्यक्तिहरूमा आफ्नो जिम्मेवारी पूरा नगरी अरूको काममा भाँजो हाल्ने प्रवृत्तिहरू देख्न पाइन्छ, जसले काममा ढिलासुस्ती ल्याउँछ। कानूनी जटिलताहरू समाधान गर्नुपर्ने आवश्यकता छ, नत्र काममा अवरोध आउनेछ।’

यद्यपि, मन्त्री खड्काले विगतका कमजोरीहरूबाट सिकेर जिम्मेवारीपूर्ण काम गर्ने दिशामा सकारात्मक विचार प्रस्तुत गरे । ‘ठूला आयोजना सुरू गर्ने, सिँचाइको सेवामा कम्पनीको रूपमा विस्तार गर्ने र उत्पादन र आत्मनिर्भरता हासिल गर्न काम गरिनेछ,’ उनले भने ।

मन्त्री खड्काले ऊर्जा, जलस्रोत र सिंचाईका क्षेत्रमा सुधारका लागि थप प्रभावकारी पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले विगतमा भएका कमी कमजोरीलाई औँल्याउँदै आगामी दिनमा ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । उनले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि १६ औँ पञ्चवर्षीय योजनासँग सम्बन्धी वार्षिक नीति र कार्यक्रम बनाउनुपर्ने उल्लेख गरे । 

जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले आयोजनालाई अगाडि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट राम्रो सहयोग पाए पनि वन र जग्गाप्राप्तीको समस्याले आयोजना निर्माणमा ढिलाइ भएको बताइन्  । 

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्रले तयारी विना नै बजेट राख्दा बजेट खर्च हुन नसकेको र प्रगति कम देखिएको बताए । 

कार्यक्रममा अर्थ मन्त्रालयका प्रतिनिधिले ऊर्जा र जलस्रोत क्षेत्रको विकासका लागि अर्थ मन्त्रालय आवश्यक बजेट विनियोजन गर्न सधैँ सकारात्मक रहेको बताएका थिए । 

कार्यक्रममा विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बराल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत विभिन्न कम्पनीका सिईओले आयोजना निर्माणका क्रममा भोग्नुपरेका समस्याको बारेमा बैठकमा जानकारी गराएका थिए । 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ५२ बजे

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी