सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट « Khabarhub

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट

वैद्य नियुक्त गर्ने कोष अख्तियारको चक्कर काट्दै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट सेवा केन्द्र यतिखेर अस्तव्यस्त बनेको छ ।

बिरामीहरूले राम्रो सेवा पाउन नसकेको गुनासो गरेका छन् भने कर्मचारीहरूले काम गर्ने वातावरण नभएको बताएका छन् ।

वि.सं. २०५२ सालदेखि पशुपति आर्यघाट सेवा केन्द्र स्थापना गरी सेवा दिँदै आएका वैद्यको गत असार ८ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

बुवाको निधनपछि छोरा शैलेन्द्र वैद्यले आफूलाई आधिकारिक वैद्य मान्दै केन्द्रमा आएर बिरामीहरूको उपचार गरिरहेको बताएका छन् । तर, पशुपति विकास कोषले उनलाई नियुक्त गरेको छैन ।

नेपालको पहिलो वैद्य भनेर चिनिने मिलन वैद्यले सुरु गरेको यो पेशा पुस्तान्तरण हुँदै सुवर्ण वैद्यसम्म पुगेको हो । सुवर्णको निधनपछि उनका छोरा शैलेन्द्रले पाउने भए पनि नियम अनुसार पशुपति विकास कोषले नियुक्त नगरी उनले दाबी गर्न नपाउने त्यहाँका एक कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार; कोषका कर्मचारी अहिले आफैँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चक्कर काटिरहेका छन् । त्यसैले एक महिनादेखि घाटे वैद्यको उपचार सेवा पाइने केन्द्र पनि अस्तव्यस्त हालतमा छ ।

पशुपति क्षेत्र विकास कोषले सेवा केन्द्रलाई बेवास्ता गरेको सुवर्णका छोरा शैलेन्द्रको गुनासो छ । खबरहबसँग कुरा गर्दै उनले भने, ‘सेवा केन्द्र सञ्चालनका लागि कोषले केही सहयोग गरेको छैन । सरसफाइ गर्नुपर्छ, त्यसका लागि कर्मचारी छैनन् । साँझ परेपछि लुटपाटका घटना हुन्छन्, प्रहरी प्रशासन मौन छ ।’

४०–५० जना सफाइ कर्मचारी भए पनि सबैजना मन्दिरभित्र मात्रै खटिने गरेका उनले बताए ।

पशुपति आर्यघाट सेवा केन्द्र र घाटेवैद्य

अन्तिम अवस्थामा घाटमा आएका बिरामीहरूलाई निःशुल्क सेवा दिने उद्देश्यले चन्द्र शमशेरकै पालादेखि केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

केन्द्रमा अन्तिम अवस्थाका बिरामीहरू तथा ‘पशुपतिमै गएर मर्छु’ भनी इच्छा राखेका बिरामीहरूलाई ल्याउने गरिन्छ ।

अन्तिम संस्कारका लागि बह्मनालमा सुताइएका व्यक्ति घाटेवैद्यको उपचारले निको भएर १० वर्ष बाँचेको इतिहास पनि छ ।

पशुपति क्षेत्र विकास कोषको भवनमा सञ्चालित केन्द्रमा सुवर्ण वैद्यका पुर्खाहरूले सेवा दिँदै आएका थिए । पिता भरत वैद्य हुँदै सुवर्णसम्मले त्यहाँ सेवा दिएका हुन् ।

गत असार ५ गते राति जय बागेश्वरीमा मचाः ती जात्रामा सहभागी भइ निवासतर्फ जाने क्रममा सुवर्णलाई ट्याक्सीले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका सुवर्णको उपचार क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा असार ८ गते मृत्यु भएको थियो ।

उनको निधनले सेवा केन्द्रलाई अपूरणीय क्षति पुगेको त्यहाँ कार्यरत नर्स कल्याणी बिष्ट बताउँछिन् ।

उनका अनुसार; बाँच्ने अन्तिम आशा बोकेर केन्द्रमा आउनेमध्ये चार प्रतिशतसम्म बिरामी स्वास्थ्यलाभ गरी फर्कने गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : ०३ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै