देउवाले प्रवेश गराएको भोलिपल्टै खारेज भयो देवेन्द्र यादवको सदस्यता « Khabarhub

देउवाले प्रवेश गराएको भोलिपल्टै खारेज भयो देवेन्द्र यादवको सदस्यता


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ । 

लोसपाका पूर्व महासचिव यादवविरुद्ध फौजदारी कानूनी कारबाही प्रक्रिया चलिरहेको भन्दै कांग्रेसले एक दिनमै सदस्यता खारेज गरेको हो । उनलाई बिहीबार मात्रै सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता दिएका थिए । 

‘पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरेबमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘तर, बुझिँदै गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’

विज्ञप्तिमा पार्टीले कानूनी कारबाहीको प्रक्रियाबारे गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको उल्लेख छ । मुख्य सचिव पौडेलले यादवलाई पार्टी प्रवेश गराउन ल्याउने नेताहरूसँग गम्भीरतापूर्वक जानकारी लिइँदै गरेको पनि बताएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : ०० बजे

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची

ड्रोनबाट यस्ताे देखियाे सुदूरपश्चिम र लुम्बिनीबीचकाे खेल (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरमा एनपीएलको उमंग : मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी