शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग « Khabarhub

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)ले विद्यालय शिक्षा विधेयकलाई निजी विद्यालयमैत्री बनाउनुपर्ने माग गरेका छन् । 

शुक्रबार प्याब्सन र एनप्याब्सनका प्रतिनिधिले शिक्षा विधेयक संशोधन गरी उक्त विधेयकलाई निजी विद्यालयमैत्री बनाउनुपर्ने माग राख्दै संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा समन्वय एकाइमा ज्ञापनपत्र बुझाएका हुन् । 

विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्दलाई संशोधन गरी निजी विद्यालयमैत्री बनाउनुपर्ने माग ती सङ्घसंस्थाको छ । 

विधेयकमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण तथा परीक्षा शुल्क, पाठ्यपुस्तक, शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा)लगायत विद्यालयले लिने शुल्कबाट उपलब्ध गराउनुपर्ने भनिए पनि निजी विद्यालय सञ्चालकले पोशाक र आवासीय सुविधा दिन नसक्ने जनाउँदै आएका छन् । 

प्याब्सन र एनप्याब्सनले शिक्षा विधेयकमा समावेश गर्नुपर्ने आफ्ना मागसहित बिहीबार देशैभरिका महानगरपालिका, नगरपालिका र गाउँपालिकामा एकसाथ ज्ञापनपत्र बुझाएका थिए । 

पूर्ण छात्रवृत्तिमा आवास र पोशाक उपलब्ध गराउन नसक्ने जनाउँदै विगतदेखि दिँदै आइएको १० प्रतिशत छात्रवृत्ति मात्र दिन सकिने निजी विद्यालय सञ्चालकहरूले बताउँदै आएका छन् । रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : १३ बजे

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका

तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको