शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग « Khabarhub

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)ले विद्यालय शिक्षा विधेयकलाई निजी विद्यालयमैत्री बनाउनुपर्ने माग गरेका छन् । 

शुक्रबार प्याब्सन र एनप्याब्सनका प्रतिनिधिले शिक्षा विधेयक संशोधन गरी उक्त विधेयकलाई निजी विद्यालयमैत्री बनाउनुपर्ने माग राख्दै संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा समन्वय एकाइमा ज्ञापनपत्र बुझाएका हुन् । 

विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्दलाई संशोधन गरी निजी विद्यालयमैत्री बनाउनुपर्ने माग ती सङ्घसंस्थाको छ । 

विधेयकमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण तथा परीक्षा शुल्क, पाठ्यपुस्तक, शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा)लगायत विद्यालयले लिने शुल्कबाट उपलब्ध गराउनुपर्ने भनिए पनि निजी विद्यालय सञ्चालकले पोशाक र आवासीय सुविधा दिन नसक्ने जनाउँदै आएका छन् । 

प्याब्सन र एनप्याब्सनले शिक्षा विधेयकमा समावेश गर्नुपर्ने आफ्ना मागसहित बिहीबार देशैभरिका महानगरपालिका, नगरपालिका र गाउँपालिकामा एकसाथ ज्ञापनपत्र बुझाएका थिए । 

पूर्ण छात्रवृत्तिमा आवास र पोशाक उपलब्ध गराउन नसक्ने जनाउँदै विगतदेखि दिँदै आइएको १० प्रतिशत छात्रवृत्ति मात्र दिन सकिने निजी विद्यालय सञ्चालकहरूले बताउँदै आएका छन् । रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : १३ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट