स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने « Khabarhub

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने बताएकी छन् । 

तनहुँको बन्दीपुर गाउँपालिकामा शुक्रबार आयोजित भेटघाट कार्यक्रममा उनले मन्त्रालयमा कर्मचारी जगेडामा बस्ने अनि स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने प्रतिबद्धता जनाए । 

मन्त्री न्यौपानेले भनिन्, ‘स्थानीय तहमा निमित्त हटाउने अभियान सुरु भइसकेको छ । एक सय ७३ स्थानीय तह निमित्तको भरमा सञ्चालित भएका रहेछन् । त्यसलाई सुधार गरिनेछ । अन्यभन्दा तराईमा बढी समस्या देखिएको छ । निमित्तलाई शून्यमा झारिनेछ ।’ 

भनसुनका आधारमा कर्मचारी सरुवा वा बढुवा नहुने बताउँदै उनले नीतिगत रूपमा यसलाई सुधार गर्दै लैजाने उल्लेख गरिन् । 

मन्त्रालयको काम सरुवा र बढुवा मात्रै गर्ने हो कि भन्ने आभास आमजनतामा भइरहेको बताउँदै मन्त्री न्यौपानेले भनिन्, ‘म मन्त्रालयको नीतिगत सुधारमा अगाडि बढेको छु । यसका लागि प्रधानमन्त्रीले सहयोग गर्ने वचन दिइसक्नुभएको छ ।’ 

सुशासन कायम गराउँदै पारदर्शी सेवा प्रवाहमा सबै कर्मचारी, स्थानीय, सरोकार भएका निकायलगायतको सहयोग अपरिहार्य रहेकामा उनले जोड दिइन् ।

मन्त्री न्यौपानेले एक सय स्थानीय तहमा समयमै बजेट नआएकाले तीन वटा सहसचिवको नेतृत्वमा टोली खटाइएको जनाउँदै सहजीकरण र समन्वय भइरहेको उल्लेख गरिन् । 

उनले भनिन्, ‘जनप्रतिनिधि र कर्मचारीको भागबन्डा नमिल्दा बजेट रोकिएको अवस्था रहेछ । त्यस्ता ठाउँमा बजेट ल्याउन सहजीकरण गरिएको छ । केही पालिकाले बजेट ल्याइसकेका छन्, केही पालिकाले समय तोकेका छन् ।’ रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : ४९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले