भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस  « Khabarhub

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भारतको ७९औँ स्वतन्त्र दिवस मनाएको छ । 

पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैँचामा विशेष सांस्कृतिक कार्यक्रम गर्दै दूतावासले स्वतन्त्रता दिवस मनाएको हो । 

कार्यक्रममा प्रमुख अतिथि सिंहले भारतलाई नेपालका तर्फबाट स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरे । 

‘नेपाल र भारत सम्बन्ध विशेष प्रकारको छ । खुला सिमाना र रोटीबेटीको सम्बन्ध मात्र होइन धार्मिक,साँँस्कृतिकसहित राजनीतिक सम्बन्ध पनि छ ,’ उनले भने । 

उपप्रधानमन्त्री सिंहले भारत स्वतन्त्रताको आन्दोलनसँग नेपालमा प्रजातन्त्र स्थापनाको सम्बन्ध जोडिएको चर्चा गदै नेपाल भारत सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । 

कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिइन्  । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भारत पछिल्लो समय नेपालले भारतमा विद्युत् बिक्री गरेर आर्थिक लाभ लिइरहेको भन्दै आगामी दिनमा अझै धेरै लाभ लिन सक्ने बताए  । कार्यक्रममा भारतबाट आएको कलाकारहरूको समूहले कथक नृत्य प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : ३० बजे

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी