जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै « Khabarhub

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल निर्माण गर्ने निर्णय गरेको छ । 

जसपा नेपालको सूचना संचार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वटासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षित देशैभरी आईटी सेलको शाखा बिस्तार गर्ने निर्णय गरेको हो । 

शुक्रबार पार्टी केन्द्रीय बालकुमारीमा बसेको विभागको बैठकले पार्टीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन र मुख्यतः सामाजिक सञ्जालहरूलाई थप व्यवस्थित गर्ने उद्देश्यले देशैभरी आईटी सेल बिस्तार गर्न लागेको सूचना विभागका सचिव समेत रहेका जसपा नेपालको केन्द्रीय आईटी सेलका प्रमुख महेश चौरसियाले जानकारी दिए ।
 
आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई पार्टीको हितका निम्ति प्रभावकारी ढंगले जनतामाझ लैजाने र पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आईटी मैत्री बनाउने उद्देश्यले हालै महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन भएको थियो ।

विभाग प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जालमा सक्रिय नेता कार्यकर्तालाई समेटेर देशैभरी जिल्लाब्यापी आईटी सेल निर्माणका लागि आइतबार जिल्ला अध्यक्षहरूलाई पत्राचार गर्ने निर्णय भएको चौरसियाले बताए ।

यसका साथै, सूचना संचार तथा विज्ञान प्रविधि विभागलाई पनि ७ वटै प्रदेशमा प्रदेशस्तरीय विभाग गठन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले सूचना विभाग र आईटी सेलको संरचनागत ढाँचा एवं आगामी कार्यदिशाको प्रारूप तयार गर्न चार सदस्यीय समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : ०६ बजे

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

माइला– युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान

बाजुरा– बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४