फिल्म हल आजदेखि खुल्ने « Khabarhub

फिल्म हल आजदेखि खुल्ने


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन्। आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए। उनले भने, “सुरक्षालाई उच्च प्राथमिकता दिँदै हामीले चलचित्र भवन सञ्चालनमा ल्याउन लागेका हौँ। अवस्था सामान्य भएसँगै हामी पनि सामान्य अवस्थमा फर्किन लागेका हौँ।”

अध्यक्ष महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र चलचित्र भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको बताए। चलचित्र ‘रिमै’, ‘मोहर’ लगायतका नेपालीसँगै केही विदेशी चलचित्र दर्शकले हेर्न पाउनेछन्।

दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्। भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा यही भदौ २४ गते भएको प्रदर्शनमा विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको सङ्घले जनाएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ६ : ४८ बजे

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको