पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा | Khabarhub Khabarhub

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको प्रसिद्ध चार ढुङ्गे सन्तानेश्वर महादेव मन्दिर ओझेलमा परेको छ । दोस्रो हलेसीसमेत भनेर चिनिने यो स्थान प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।

महारुद्र, हिमालय, शिव लिङ्ग, गुप्तेश्वर महादेव, काली नाग, सेती नाग, सहस्श्र नाग, जलपा, पञ्चकोटी, झाँक्री झाक्रिना, सिद्ध सिकारी, महारानी ठकुरारी, सिंहदेवी, शिलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेको मन्दिरका पूजारी प्रेमबहादुर खड्काले बताए । यहाँ रामनवमी, तीज, शिवरात्रि, बालाचतुर्दशीलगायत अवसरमा भव्य मेलासमेत लाग्ने गरेको खड्काले जानकारी दिए ।

यो स्थानमा दर्शन गरेमा सन्तान प्राप्त हुने तथा  मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । प्रसिद्ध धार्मिकस्थल भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको पूजारी खड्काले बताए ।

‘चार ढुङ्गे सन्तानेश्वर महादेव धेरै मासिनको आस्थाको केन्द्र हो’ उनले भने, ‘यो देवस्थललाई हलेसीको दोस्रो रुपमामसेत लिइन्छ ।’

यहाँ दर्शन गरेमा सन्तान प्राप्त हुने तथा चिताएको पुग्ने धार्मिक विश्वास छ । प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचार अभावमा ओझेलमा छ ।’ पछिल्लो समयमा यो स्थानको संरक्षणमा स्थानीय सरकारसँगै स्थानीयवासी जुटेका छन् । प्रसिद्ध धार्मिकस्थल रहेकोले यो स्थानको प्रचारप्रसारसँगै मन्दिरको विकास तथा थप जग्गा व्यवस्थापन गर्न स्थानीय जुटेका छन् ।

पौवादुङका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले वडा नम्बर १ तिलाहार रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुणडाँडा, सन्तानेश्वर महादेव, च्याङ्ग्रे पोखरी, कोटगढीलगायत क्षेत्रको योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

पर्यटनमार्फत यी क्षेत्रलाई गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्ने सोच रहेको अध्यक्ष राईले जानकारी दिए । (रासस)

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १० : ३१ बजे

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन्

बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ?

काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला

 देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको

नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न

काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्त तीन मन्त्रीलाई नेकपा