जेन–जी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’ पनि फूलपातीमै, चार फिल्मको बक्स अफिस प्रतिस्पर्धा « Khabarhub

जेन–जी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’ पनि फूलपातीमै, चार फिल्मको बक्स अफिस प्रतिस्पर्धा


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनको कारण प्रदर्शन स्थगित भएको फिल्म ‘अभिमन्यु’ असोज १३ गते फूलपातीबाट हलमा लाग्ने भएको छ । निर्माण पक्षले सोमबार फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

नायक कामेश्वर चौरासिया, नायिकाहरु लक्ष्मी बर्देवा, सरिता गिरी र गौमाया गुरुङ शीर्ष भूमिकामा रहेको ‘अभिमन्यु’को प्रदर्शन मिति पहिला भदौ २७ लाई तय गरिएको थियो ।

भदौ २३ र २४ मा जेन–जी आन्दोलनका कारण हल बन्द हुँदा यो फिल्मको प्रदर्शन प्रभावित भएको थियो ।

अब भने फूलपातीमा चार फिल्मले बक्स अफिस प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि नै तीन फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को प्रदर्शन मिति फूलपातीलाई तोकिएको थियो ।

यी तीन फिल्मका निर्माताहरु पूर्वनिर्धारित मितिमै प्रदर्शनमा ल्याउने अडानमा छन् ।

यो पनि : ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ११ : ४७ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत