जेन–जी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’ पनि फूलपातीमै, चार फिल्मको बक्स अफिस प्रतिस्पर्धा « Khabarhub

जेन–जी आन्दोलनको प्रभाव : ‘अभिमन्यु’ पनि फूलपातीमै, चार फिल्मको बक्स अफिस प्रतिस्पर्धा


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनको कारण प्रदर्शन स्थगित भएको फिल्म ‘अभिमन्यु’ असोज १३ गते फूलपातीबाट हलमा लाग्ने भएको छ । निर्माण पक्षले सोमबार फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

नायक कामेश्वर चौरासिया, नायिकाहरु लक्ष्मी बर्देवा, सरिता गिरी र गौमाया गुरुङ शीर्ष भूमिकामा रहेको ‘अभिमन्यु’को प्रदर्शन मिति पहिला भदौ २७ लाई तय गरिएको थियो ।

भदौ २३ र २४ मा जेन–जी आन्दोलनका कारण हल बन्द हुँदा यो फिल्मको प्रदर्शन प्रभावित भएको थियो ।

अब भने फूलपातीमा चार फिल्मले बक्स अफिस प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि नै तीन फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को प्रदर्शन मिति फूलपातीलाई तोकिएको थियो ।

यी तीन फिल्मका निर्माताहरु पूर्वनिर्धारित मितिमै प्रदर्शनमा ल्याउने अडानमा छन् ।

यो पनि : ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ११ : ४७ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि