सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार « Khabarhub

सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । 

शीतलनिवासमा सोमबार आयोजित नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहलाई सभामुख घिमिरेले बहिष्कार गरेका हुन् । 
तर, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल भने शपथ ग्रहण समारोहमा सहभागी भएका छन् । 

यसअघि उनी पनि सभामुख घिमिरेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा अनुपस्थित थिए । 
जेन–जी पुस्ताको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

शपथ खाएलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १२ : २५ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ