आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग « Khabarhub

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि यसबाट जोगिन सकेन । बढी क्षति भएको मन्त्रालयमा स्वास्थ्य पर्दछ ।

स्वास्थ्य क्षेत्रको प्रमुख निकायमध्ये एउटा टेकुस्थित स्वास्थ्य सेवा विभाग भने आगजनीबाट जोगिएको छ । त्यसैले कार्यालयका नियमित कामकाज आइतबारदेखि नै सुरु भइसकेका छन् । विभागका महानिर्देशक डा टंकङ्कप्रसाद बाराकोटीले प्रदर्शनमा विभागको भवन जोगिएको बताए। स्वास्थ्य मन्त्रालयमा राखिएको विभागको एउटा गाडी र मोटरसाइकलमा क्षति पुगेको छ । 

विभागभित्र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्रलगायत रहेका छन् । उपचारात्मक सेवा महाशाखा, व्यवस्थापन महाशाखा, नर्सिङ  तथा सामाजिक सुरक्षा महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, परिवार कल्याण महाशाखा यहाँ रहेका छन् ।

विभागमा क्षति नपुगे पनि देशभर ३० नगरपालिकामा रहेको स्वास्थ्य शाखामा भने क्षति पुगेको महानिर्देशक डा बाराकोटीले जानकारी दिए । ‘क्षतिको विवरण संकलन गर्दैछौँ,’ उनले भने।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका र स्वास्थ्य संरचनामा हालैको घटनाबाट क्षति पुगेको छ । स्वास्थ्य संस्था, खोप भण्डारण केन्द्रमा कतै पूर्ण र कतै आंशिक क्षति भएको छ । पुनःस्थापना तथा मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको बताए। उनका अनुसार हालसम्म १९ खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको उनले बताए। 

‘वडा कार्यालय जलाउँदा सँगैको स्वास्थ्य संस्था पनि परेका छन् । खोप भण्डारण कक्षमा क्षति पुगेको छ । खोप कार्यक्रममा भने प्रभाव परेको छैन । सेवा दिन प्रयासरत छौँ । कामलाई निरन्तरता दिइरहेका छौँ’, प्रमुख डा. गौतमले भने। 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ३ : ५५ बजे

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त