दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू) « Khabarhub

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट सहुलियत पसल सुरु भएको हो ।   

भाद्र २३, २४ गते भएको जेन-जी आन्दोलन र त्यसको प्रभावका यस वर्ष भने कम्पनीले तामझाम बिना नै बिक्री वितरण सुरु गरेको हो । 

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् ।

चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएको उनले जानकारी दिइन् ।

चिउरा, आटा, पिठो, धनियाँ, मसलाहरुमा प्रतिकेजी ७ र तेल पनि ७ रुपैयाँ सम्म छुट दिएको छ । सिमी, फापर, चिनो, कागुनो, उवा, मार्सी र बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ ।

यस कार्यालय अन्तर्गत रहेर रामशाह पथ, नख्खु, र दक्षिणकाली बिक्री कक्ष बिक्री सुरु गरिएको प्रमुख राजवंशीले बताइन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ४ : २४ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,