सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति « Khabarhub

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा तोडफोड र आगजनी भएको छ ।

जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिहरूमा पूर्ण, आंशिक र सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार, प्रदर्शनका क्रममा सात वटा वडा कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ ।

आन्दोलनकारीले जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य संस्थान लहानलगायतका कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, सङ्घीय सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका मेयर शिवशङ्कर महतो र गोलबजार–६ का वडाध्यक्ष सञ्जीव लामाका निजी सम्पत्तिमा पनि क्षति पुगेको प्रनाउ पासवानले जानकारी दिए ।

प्रहरीका आठ वटा चौकीमा तोडफोड तथा १० वटा चौकीमा आगजनी गरिएको छ । साथै, प्रहरीले प्रयोग गर्दै आएका तीनवटा चारपाङ्ग्र्रे र छवटा दुईपाङ्ग्रे सवारीसाधनमा तोडफोड गरिएको छ । तीनवटा मोटरसाइकल पूर्ण रूपमा जलाइएको छ ।

आन्दोलनको क्रममा तीनवटा सञ्चार सेटहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ ।प्रदर्शनमा नौ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारणतर्फ कुनै मानवीय क्षति नभएको जनाइएको छ । क्षतिको विवरण सङ्कलन जारी छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ८ : ४१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका