आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले « Khabarhub

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी मातहतका वृत्त एवं प्रभागहरु सेवामा फर्किएका छन् ।

आन्दोलनका क्रममा प्रशासनमा भएको तोडफोड र आगजनीबाट मुद्दा शाखा पूर्ण रुपमा ध्वस्त छभने अन्य सेवामा पनि असर परेको छ । प्रशासनले जलेका सवारीसाधन, कोठाभित्र थुप्रिएका खरानीलगायतका जलेर कवाडी भएका संरचना हटाउँदै सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जानकारी दिए ।

उनले भने, “आगजनीले जिल्ला प्रशासन कार्यालयमा भएको फोहर सफाइ गरर सेवा सञ्चालन गरेका छौँ ।” प्रशासन कार्यालयसँगै जिल्ला समन्वय समिति, काठमाडौँ उपत्यका नगर विकास कार्यालय भक्तपुरलगायतको जलेका क्षेत्रको सरसफाइ गर्दै सेवा सुरु गरेका छन् ।

जिल्लामा पूर्ण क्षति भएको यातायात कार्यालय, सूर्यविनायक नगरपालिका–४ र ७ को कार्यालय भने सञ्चालनमा आउन सकेको छैन । प्रजिअ घिमिरेले प्रहरी कार्यालयबाट लुटिएका हतियार, सञ्चार सेटलगायतका सबै सामग्रीहरु भदौ मसान्तभित्र बुझाइदिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिँदै नबुझाएमा खोजी गर्ने क्रममा भेटिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ८ : ५९ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा