आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले « Khabarhub

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी मातहतका वृत्त एवं प्रभागहरु सेवामा फर्किएका छन् ।

आन्दोलनका क्रममा प्रशासनमा भएको तोडफोड र आगजनीबाट मुद्दा शाखा पूर्ण रुपमा ध्वस्त छभने अन्य सेवामा पनि असर परेको छ । प्रशासनले जलेका सवारीसाधन, कोठाभित्र थुप्रिएका खरानीलगायतका जलेर कवाडी भएका संरचना हटाउँदै सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जानकारी दिए ।

उनले भने, “आगजनीले जिल्ला प्रशासन कार्यालयमा भएको फोहर सफाइ गरर सेवा सञ्चालन गरेका छौँ ।” प्रशासन कार्यालयसँगै जिल्ला समन्वय समिति, काठमाडौँ उपत्यका नगर विकास कार्यालय भक्तपुरलगायतको जलेका क्षेत्रको सरसफाइ गर्दै सेवा सुरु गरेका छन् ।

जिल्लामा पूर्ण क्षति भएको यातायात कार्यालय, सूर्यविनायक नगरपालिका–४ र ७ को कार्यालय भने सञ्चालनमा आउन सकेको छैन । प्रजिअ घिमिरेले प्रहरी कार्यालयबाट लुटिएका हतियार, सञ्चार सेटलगायतका सबै सामग्रीहरु भदौ मसान्तभित्र बुझाइदिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिँदै नबुझाएमा खोजी गर्ने क्रममा भेटिएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताए ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ८ : ५९ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि