मधेसको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले गरे दाबी « Khabarhub

मधेसको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले गरे दाबी


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–  मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस गरेका छन् । उनले चार दलको समर्थन सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । 

कांग्रेस र एमालेलाई सरकार बाहिर राखेर मधेस प्रदेश सरकार गठनको प्रयास भएको हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । 

एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी) पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् । सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद देखिएका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : १८ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ