अनन्तको आक्रोश : एन्फाका कारण नेपाली फुटबल ध्वस्त भयो, क्लबहरूले आफैं लिग गराउनुपर्छ « Khabarhub

अनन्तको आक्रोश : एन्फाका कारण नेपाली फुटबल ध्वस्त भयो, क्लबहरूले आफैं लिग गराउनुपर्छ


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले अखिल नेपाल फुटबल संघ (एन्फा) कारण नेपाली फुटबल जगत नै संकटमा परेको बताएका छन्।

उनले एन्फाको उदाशीनताका कारण देशको शीर्ष श्रेणीको सहिद स्मारक ए डिभिजन लिगसमेत हुन नसकेको उल्लेख गर्दै क्लबहरूले अब आफैं टिम घोषणा गरेर लिग गराउनुपर्ने सुझाव दिएका छन्।

‘मैदानबाहिरको अवस्था जस्तो भए पनि हामी खेलाडीले देशका लागि मैदानभित्र सधैं शतप्रतिशत दिएका छौं र दिनेछौं पनि,’ तामाङले भने, ‘तर अहिले लिग नहुँदा खेलाडीको करिअर अन्धकारमा परेको छ। मसँगै फुटबल सुरु गर्ने, म भन्दा अघि वा पछि खेल्न सुरु गर्ने धेरै खेलाडी देश छाडेर गइसकेका छन्।’

नेपालमा तीन वर्षदेखि ए डिभिजन लिग नहुँदा खेलाडीहरू प्रशिक्षण, सेवा–सुविधा र प्रतिस्पर्धाबाट वञ्चित भएका उनले बताए। ‘हामी बाँकी खेलाडीले जति सकिन्छ त्यति योगदान दिइरहेका छौं, तर निराशा बढ्दो छ,’ उनले भने।

हाल उनी बंगलादेशको एक क्लबमा अनुबन्धित छन् । ‘म मात्र आफ्नो बारेमा सोचेँ भने त्यो स्वार्थी निर्णय हुन्छ, किनकि फुटबल टिम गेम हो। जबसम्म राष्ट्रिय टिममा खेल्ने खेलाडीहरूले देशभित्र नियमित फुटबल खेल्न पाउँदैनन्, ठूला टिमसँग नतिजा अपेक्षा गर्नु गलत हुन्छ।’

भियतनाममा भएको ‘होम म्याच’पछि नेपालमा लिग नहुने चर्चा सुन्दा आफू अझ निराश भएको उनले बताए। ‘मैले एन्फा एकेडेमीमा प्रवेश गर्दा यस्तो परिस्थितिको सामना गर्नुपर्छ भन्ने कल्पना पनि गरेको थिइनँ,’ उनले भने।

एन्फालाई लिग सञ्चालन गर्ने जिम्मेवारी पुरा गर्न आग्रह गर्दै तामाङले क्लबहरूलाई पनि सक्रिय भूमिका खेल्न आह्वान गरे।

‘क्लबहरूले अब एन्फाको बाटो नताकेर आफैं लिग गर्ने तयारी थाल्नुपर्छ। एन्फालाई फुटबल गराउन बाध्य पार्नुपर्छ,’ उनले भने, ‘यदि अझै पनि क्लबहरू मौन रहे भने, ती केवल कागजमै सीमित हुनेछन् र खेलाडी खोज्न पनि गाह्रो हुनेछ। खेलाडी र खेललाई जोगाउनकै लागि भए पनि लिग गर्नु जरूरी छ।’

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ३६ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना