युवाहरू अघिपछि लगाएर राजबाघ महल पुगे ओली (तस्बिरहरू) « Khabarhub

युवाहरू अघिपछि लगाएर राजबाघ महल पुगे ओली (तस्बिरहरू)


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बुधबारदेखि सुरू हुँदैछ।

ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बस्ने बैठक तीन दिनसम्म चल्नेछ। बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुबाट युवाहरूको ठूलो समूहसहित जावलाखेल पुगेका छन् ।

उनलाई सुरक्षाकर्मीसहित युवा संघका नेपालका सदस्यहरूले पनि कडा सुरक्षा दिँदै बैठकस्थल पुगेका छन् । ओलीलाई पार्टी नेतृत्वबाट विश्राम लिन नेताहरूले दबाब दिइरहेका छन् ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तीको तोडफोड आदि विषयमा समेटिने छन्।

यसैगरी अलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन, असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि प्रतिवेदनमा समेटिने छन्।

गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ। नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने छ।

यसैगरी लोकतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ।

अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ।

केन्द्रीय सदस्यलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ। हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ५३ बजे

सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका

अर्को आक्रमणको तयारीमा ट्रम्प, भने- इरानी नेतृत्व बेइमान छ, बारम्बार कुरा बदल्छ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई बेइमान भनेका छन्

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

पोखरा– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदका लागि आज

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने