पर्सामा एक अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता « Khabarhub

पर्सामा एक अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गत आर्थिक वर्षमा पर्सामा एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० लगानी गर्ने भन्दै नौ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन् । 

गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिरपुँजीतर्फ एक अर्ब करोड ७७ लाख नौ हजार ३६० रहेको छ । त्यस्तै चालुपुँजीतर्फ भने रु ६७ करोड ४४ लाख सात हजार पाँच सय ४० रहेको छ । 

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले गत आवमा दर्ता भएका नौ सय ६३ घरेलु उद्योगले दुई हजार ८९८ जनालाई रोजगारी सिर्जना गर्ने बताए।

‘पर्सा जिल्लामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । गत आवमा दर्ता भएका घरेलु उद्योगले एक हजार ७३७ पुरुष र एक हजार १६१ जना महिलालाई रोजगारी दिने जनाएका छन्’, उनले भने।

कार्यालयका अनुसार गत आवमा जिल्लामा उत्पादकमूलक उद्योगतर्फ दुई सय १८ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगको कूल पुँजी भने रु ४३ करोड ८२ लाख रहेको छ । कृषि तथा वन अन्य उद्योगतर्फ भने एक सय ४४ वटा उद्योग दर्ता हुँदा ती उद्योगको कूल पुँजी रु ३९ करोड ३५ लाख रहेको पञ्जीयारले जानकारी दिए ।

उनका अनुसार निर्माणतर्फ कूल पुँजी रु १० करोड ३३ लाख रहने गरी ७५, पर्यटन उद्योगतर्फ कूल पुँजी दुई करोड २३ लाख रहने गरी एक सय छ, सेवातर्फ कूल पुँजी भने रु ६६ करोड ८२ लाख रहने गरी चार सय २० वटा नयाँ उद्योग दर्ता भएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : १० बजे

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश