पर्सामा एक अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता « Khabarhub

पर्सामा एक अर्ब ६२ करोड पुँजीका ९६३ घरेलु उद्योग दर्ता


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गत आर्थिक वर्षमा पर्सामा एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० लगानी गर्ने भन्दै नौ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन् । 

गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिरपुँजीतर्फ एक अर्ब करोड ७७ लाख नौ हजार ३६० रहेको छ । त्यस्तै चालुपुँजीतर्फ भने रु ६७ करोड ४४ लाख सात हजार पाँच सय ४० रहेको छ । 

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले गत आवमा दर्ता भएका नौ सय ६३ घरेलु उद्योगले दुई हजार ८९८ जनालाई रोजगारी सिर्जना गर्ने बताए।

‘पर्सा जिल्लामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । गत आवमा दर्ता भएका घरेलु उद्योगले एक हजार ७३७ पुरुष र एक हजार १६१ जना महिलालाई रोजगारी दिने जनाएका छन्’, उनले भने।

कार्यालयका अनुसार गत आवमा जिल्लामा उत्पादकमूलक उद्योगतर्फ दुई सय १८ नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगको कूल पुँजी भने रु ४३ करोड ८२ लाख रहेको छ । कृषि तथा वन अन्य उद्योगतर्फ भने एक सय ४४ वटा उद्योग दर्ता हुँदा ती उद्योगको कूल पुँजी रु ३९ करोड ३५ लाख रहेको पञ्जीयारले जानकारी दिए ।

उनका अनुसार निर्माणतर्फ कूल पुँजी रु १० करोड ३३ लाख रहने गरी ७५, पर्यटन उद्योगतर्फ कूल पुँजी दुई करोड २३ लाख रहने गरी एक सय छ, सेवातर्फ कूल पुँजी भने रु ६६ करोड ८२ लाख रहने गरी चार सय २० वटा नयाँ उद्योग दर्ता भएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : १० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब