सेयर निष्कासन र लगानीकर्ताका समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी « Khabarhub

सेयर निष्कासन र लगानीकर्ताका समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सेयर निष्कासन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।  

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पान ले २८ महिनादेखि आईपीओ र राइट सेयर निष्कासनमा भएको ढिलाइको कारणले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको भन्दै सेयर निष्कासन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको हो  ।

प्रधानमन्त्रीदेखि अर्थमन्त्री, ऊर्जामन्त्री, धितोपत्र बोर्डका प्रमुख तथा प्रतिनीधिहरूसँग भेटघाट तथा पत्राचार गरी ध्यानाकर्षण गराउँदा पनि हालसम्म सुनुवाइ नभएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

उनले अन्तिम पटक प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री र धितोपत्र बोर्डका अध्यक्षको यथाशीघ्र सेयर निष्कासनका लागि ध्यानाकर्षण गराउने र १५ दिन भित्र सुनुवाइ नभए आन्दोलन गर्ने उल्लेख गरे । 

सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाइ गर्नु अख्तियारको दुरुपयोग मानिने भएकोले समयमै सेयर निष्कासन नगर्दा लगानीकर्ताले गुमाउनु परेको १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग्दै अख्तियारमा उजुरी दिन समेत बाध्य हुने कार्कीले बताए ।

त्यस्तै उनले कानुनमा व्यवस्था नभएको निःशुल्क सेयर मागेर  निजी क्षेत्रको लगानीलाई पूर्ण रूपमा निरुत्साहित हुने गरी पछिल्लो समयमा आयोजना निर्माणमा हुन थालेको अवरोधप्रति पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराइने जानकारी दिए ।

प्रत्येक आयोजनाहरूलाई शान्ति सुरक्षा कायम हुने गरी सुरक्षाकर्मीहरूको व्यवस्थापनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, स्थानीय पालिका लगायतका सम्बन्धित निकायमा अनुरोध गर्ने इप्पानले जनाएको छ । 

ऊर्जा विकासमार्फत नेपालको समृद्धि हासिल गर्न सकिने भएकाले निजी क्षेत्रलाई ढुक्कसँग लगानी गर्ने वातावरण निर्माणका लागि सरकार गम्भीर हुनुपर्ने इप्पानको भनाइ छ । 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : ३२ बजे

बैंकिङ कसुर मुद्दामा फरार एकजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ– उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।