जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी | Khabarhub Khabarhub

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटपाट गरी प्रदर्शनमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसारसिंहदरबारको मुख्य गेट अगाडीसहितका विभिन्न स्थानमा भएको तोडफोड र आगजनी घटनामा संलग्न राजु परियार (सम्राट)लाई पक्राउ गरिएको हो।

उनी ललितपुर महानगरपालिका–२६, सुनाकोठी बसोबास गर्ने ३६ वर्षीय व्यक्ति हुन्। परियारले प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग गर्ने सेल्फ लोडिङ राइफल (एसएलआर) बोकेर सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको आरोप लागेको प्रहरीले जनाएको छ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई अनुसन्धानको दायरामा राखिएको जिल्ला प्रहरी परिसले जनाएको छ। प्रहरीका अनुसार परियार यसअघि पनि बैंकिङ कसुर र ठगीजस्ता आपराधिक गतिविधिमा संलग्न रहिसकेका थिए। उनीमाथि विभिन्न आठवटा मुद्दा लागेको खुलेको छ ।

उनीविरुद्ध यसअघि ८ स्थानमा जाहेरी दर्ता भएको थियो । यस पटकसहित उनी ७ पटक पक्राउ परिसकेका छन् ।जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटपाट गरी प्रदर्शनमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिंहदरबारको मुख्य गेट अगाडीसहितका विभिन्न स्थानमा भएको तोडफोड र आगजनी घटनामा संलग्न राजु परियार (सम्राट)लाई पक्राउ गरिएको हो। उनी ललितपुर महानगरपालिका–२६, सुनाकोठी बसोबास गर्ने ३६ वर्षीय व्यक्ति हुन्।

परियारले प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग गर्ने सेल्फ लोडिङ राइफल (एसएलआर) बोकेर सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको आरोप लागेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई अनुसन्धानको दायरामा राखिएको जिल्ला प्रहरी परिसले जनाएको छ।

प्रहरीका अनुसार परियार यसअघि पनि बैंकिङ कसुर र ठगीजस्ता आपराधिक गतिविधिमा संलग्न रहिसकेका थिए। उनीमाथि विभिन्न आठवटा मुद्दा लागेको खुलेको छ । उनीविरुद्ध यसअघि विभिन्न ८ स्थानमा जाहेरी दर्ता भएको थियो ।

यसअघिका जाहेरी

(१) जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडाैंमा (मुद्दा नं. ६५८ मिति २०६४।१०।२० गते) ज्यान मार्ने उद्योग मुद्धामा प्रतिवादी ।

(२) जिल्ला प्रहरी परिसर ललितपुरमा रोमन महर्जनको जाहेरीले (मुद्दा नं.१९५ मिति २०७०।०६।१४ गते) ज्यानमार्ने उद्योग मुद्धामा प्रतिवादी ।

(३) प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंमा रवि तामाङको जाहेरीले (मुद्दा नं. २७८ मिति २०७५।०९।१३ गते) ठगी सम्बन्धी मुद्दामा प्रतिवादी।

(४) प्रहरी वृत्त महाराजगन्ज, काठमाडौंमा राजकुमार खड्कीको जाहेरीले (मुद्दा नं. ७२० मिति २०७१।०९।१७ गते) बैंकिङ कसूर सम्बन्धी मुद्धामा प्रतिवादी ।

(५) जिल्ला प्रहरी परिसर ललितपुरमा मिक्सार तामाङ समेतको जाहेरीले (मुद्दा नं.३३ मिति २०८०।०४।०७ गते) ठगी सम्बन्धी मुद्दामा प्रतिवादी ।

(६) जिल्ला प्रहरी परिसर ललितपुरमा गोविन्द रिमालको जाहेरीले (मुद्दा नं.४७ मिति २०६५।०५।१० गते) अभद्र व्यवहारसम्बन्ध कसूर मुद्दामा प्रतिवादी।

(७) प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंमा रवि तामाङको जाहेरीले (मुद्दा नं.२७८ मिति २०७५।०९।१३ गते) अभद्र व्यवहार सम्बन्धी कसूर मुद्दामा प्रतिवादी ।

(८) प्रहरी वृत्त स्वयम्भू, काठमाडौंमा सुदन बैजुको जाहेरीले (मुद्दा नं. ८० मिति २०७१।०१।१९ गते) ठगी सम्बन्धी मुद्दामा मुद्दा दर्ता भई प्रतिवादी ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ३३ बजे

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओलीलाई नेताहरूले भने : देउवाले जस्तै राजनीतिक निर्णय गरेर पार्टीबाट बिदा हुनुस्

काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा