एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ५० जना सस्यले आफ्नो धारणा राखेका छन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे नेपालको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष राजनीतिक प्रस्ताव माथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नु भएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सदस्यहरूले अन्तरिम सरकारको गठन प्रक्रिया, प्रतिनिधि सभा विघटन लगायतका सन्दर्भमा पार्टीको धारणा, सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन र निर्वाचनमा एमालेको उपस्थितिको सवाल, पार्टीले गर्ने जनपरिचालन र संगठन परिचालन, लोकतन्त्र र संविधान रक्षाका लागि राजनीतिक दलसँगको सहकार्य, त्यसको अन्तर्य र प्रभाव लगायतका विषयमा सदस्यहरूले धारणा राखेको गौतमले बताए ।

३ सय ६० जनाले बोल्नु पर्नेमा आज ५० जनाले मात्र धारणा राखेकाे उनले जानकारी दिए । पुनः भोलि बिहान ८ बजेबाट बैठक प्रारम्भ हुने र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने गौतमले बताए । केन्द्रीय सदस्यहरूले राखेको धारणा माथि पर्सी पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पार्ने गौतमले बर्ता ।

केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलन र सरकारको भूमिका लगायतका विषयमा जिज्ञासा राख्नु भएको उनले बताए । भदौ २३ र २४ को त्रासदीपूर्ण घटनाको निष्पक्ष छानबिन हुनु पर्ने धारणा केन्द्रीय सदस्यले राखेको गौतमले जानकारी दिए। अहिलेका छानबिन समितिका संयोजक सुरुमा नै पूर्वाग्रही भएकाले निष्पक्ष उच्चस्तरीय छानबिन हुनुपर्ने माग केन्द्रीय सदस्यहरूले राख्नु भएको थियो ।

संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन आन्दोलन उठाउने कुरा वृहत् रूपमा उठेको बताउँदै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय पनि छुटफुट रूपमा उठेको जानकारी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ४८ बजे

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ