क्रोएसिया फिफा विश्वकप–२०२६ मा छनोट « Khabarhub

क्रोएसिया फिफा विश्वकप–२०२६ मा छनोट


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप–२०२६ का लागि क्रोएसिया छनोट भएको छ । आज बिहान सम्पन्न समूह ‘एल’ को खेलमा फारो आइसल्यान्ड्सलाई ३–१ गोलले ले हराउँदै क्रोएसियाले सन् २०२६ को विश्वकपका लागि स्थान सुरक्षित गरेको हो ।

क्रोएसियाका लागि जोस्को ग्वार्डिओल, पेटार मुसा र इभान पेरिसिचले गोल गरेका थिए । फारो आइसल्याण्ड्सका गेझा डेविडले एक गोल गरेका थिए ।

खेलको १६औँ मिनेटमा फारोका डेविडले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएपछि त्यसलाई जोगाउन नसक्दा क्रोएसियाले पुनरागमन जित निकाल्यो ।

क्रोएसियाका ग्वार्डिओलले खेलको २३औँ मिनेटमा टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ५७औँ मिनेटमा मुसा र ७०औँ मिनेटमा पेरिसिचले गोल गर्दै क्रोएसियालाई ३–१ गोलको जित दिलाए ।

यो जितसँगै १९ अंक जोडेको क्रोएसिया समूहको शीर्षस्थानमा छ । पराजित भएको फारो आइसल्याण्ड्स १२ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको चेक रिपब्लिकको १३ अंक छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ४५ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक