मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन् | Khabarhub Khabarhub

मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन्


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही दलले आफूलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका छन् ।

शनिबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले जसपा, लोसपा लगायत केही दलले आफूलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाएका हुन् । आफूलाई मधेशवादी भन्दैमा कोही मधेशवादी नहुने भन्दै उनले व्यवस्थामा पुष्टि गर्न सक्नुपर्ने बताए । 

मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेका अवस्थामा त्यसलाई लिएर प्रदर्शन गर्नुको कुनै अर्थ नरहेको बताए । उनले अदालतलाई विश्वास गर्दै आन्दोलन अन्त्य गर्न र संवादमा आउन आन्दोलनरत दललाई आग्रह समेत गरे । उनले आफ्नो प्रतिष्पर्धा कुनै दलसँग नरहेको र  मधेशको गरिब, शान्ति सुरक्षा र समृद्धि नै आफ्नो प्राथमिकतामा रहेको बताए ।  

उनले मधेश प्रदेशमा विपक्षीले जारी राखेको आन्दोलनमा भारतको हस्तक्षेप भएको आरोप समेत लगाउनुभयो । मुख्यमन्त्री यादवले मधेश प्रदेशमा शान्तिसुरक्षा भंग गर्ने प्रयास भइरहेको समेत टिप्पणी गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ४ : ०१ बजे

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा