हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै | Khabarhub Khabarhub

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नतिले गति लिएको छ । 

पश्चिम क्षेत्रमा पर्ने उक्त सडकले बागलुङको बीच भागलाई विकासमा जोड्नेछ । बागलुङ क्षेत्र नं २ मा पर्ने हरिचौर-मल्म-पाण्डवखानी खण्डको आठ किमी सडक कालोपत्रका लागि गरिएको ठेक्का सम्झौताको म्याद थपेपछि कामले तीव्रता पाएको हो ।

दुई वर्षमा करिब २५ प्रतिशत काम सकेको निर्माण व्यवसायीले म्याद थप गरेपछि कामलाई गति दिएसँगै हालसम्म करिब ७० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । अहिले पाँच किमी सडक कालोपत्रका लागि पूर्वाधार तयारी भइसकेको छ भने एक किमीमा ढलान सम्पन्न भइसकेको छ । 

दुई किमी पूर्वाधार निर्माणको चरणमा रहेको गलकोट नगरपालिका-७ मल्मका वडाध्यक्ष राज थापाले जानकारी दिए । निर्माण व्यवसायीले पछिल्लो समय कामलाई तीव्रता दिएकाले शीघ्र सम्पन्न हुने उनले विश्वास व्यक्त गरे। 

उनका अनुसार सडक निर्माणको सम्झौता गरेको दुई वर्षमा २५ प्रतिशत मात्रै प्रगति गरेको निर्माण व्यवसायीले आगामी फागुन ५ गतेभित्र स्तरोन्नति सक्नेगरी सम्झौता थप गरेको हो । 

‘दुई वर्षमा सडक स्तरोन्नति सम्पन्न गर्नुपर्ने थियो, २०८१ सालमा सकिने सडक बल्ल तीव्र रूपमा अघि बढेको छ’, वडाध्यक्ष थापाले भने, ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत ठेक्का म्याद थपेपछि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएको हो ।’

सडक निर्माणको जिम्मा पाएको वल्र्डवाइडरलोपूर्ण जेबी निर्माण कम्पनीलाई काममा गति बढाउन पटकपटक आग्रह गरेपछि अहिले ७० प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिए । उनका अनुसार ७० प्रतिशत भौतिक र ६० प्रतिशत आर्थिक प्रगति भएको सडक आगामी चैतसम्म पाँच किमी कालोपत्र गर्ने तयारी छ । 

इञ्जिनियर भण्डारीका अनुसार उक्त सडक यही गतिमा काम गरेमा अझै एकपटक म्याद थप्नुपर्ने बताए। अहिले काम गर्ने निर्माण व्यवसायीलाई भुक्तानीको समस्या नहुने उनले बताए। उक्त सडक स्तरोन्नतिका लागि विसं २०७९ भदौमा रु २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो । 

उक्त खण्डको सुरुको हरिचौर-मल्लसम्मको आठ किमी स्तरोन्नति, ढालन र कालोपत्र सक्नेगरी सम्झौता भएको थियो । अहिले हरिचौर खण्ड स्तरोन्नति भएर कालोपत्रको चरणमा पुगे पनि मल्म नाँच्नेडाँडाभन्दा माथि पूर्वाधारको काम बाँकी रहेको जनाइएको छ । 

उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुनेछ । सडक करिब ४० किलोमिटर लामो रहेको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ५ : ०५ बजे

जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद् पुनर्स्थापना गरि जेन-जी

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको

पार्टीको वर्तमान मर्म बुझेर धैर्यता राख्नुहोस् : कावा सभापति खड्का

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको

निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु