विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु « Khabarhub

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । 

यहाँको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरी रहेका जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारजनले बताएका छन् ।

निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् बिस्तारमा ज्यालादारी कामदार रहेका यादवको  विद्युत् लाइन काटिएको सूचनाका आधारमा शुक्रबार तार तान्दै गर्दा विद्युतीय झट्का (करेन्ट)लागेको थियो । उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्‍याइएकोमा उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र  चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकका परिवारले विद्युत् प्राधिकरण कार्यालय गौशाला र टाटा सप्लाईको बर्दिबासस्थित कार्यालयले उचित क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता गरेपछि मात्र अन्तिम संस्कार गर्ने बिताएकाले क्षतिपूर्तिको व्यवस्थाका लागि पहल थालिएको बताए।
 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ५ : ४६ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका