लोकतन्त्र, संविधानको रक्षा र जेन-जी पुस्ताको माग सम्बोधनका एजेन्डासहित एमालेको प्रदर्शन | Khabarhub Khabarhub

लोकतन्त्र, संविधानको रक्षा र जेन-जी पुस्ताको माग सम्बोधनका एजेन्डासहित एमालेको प्रदर्शन


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेकपा (एमाले)ले आज बुटवलमा प्रदर्शन गरेको छ । एमाले रूपन्देहीको आयोजनामा आज बुटवलमा प्रदर्शन तथा र्‍याली निकालिएको हो ।

लोकतन्त्र र संविधानको रक्षा तथा जेन-जी पुस्ताको माग सम्बोधनका एजेन्डासहित प्रदर्शन गरिएको एमाले रूपन्देहीले जनाएको छ । प्रदर्शनले राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा ल्याउने अपेक्षा एमालेको छ ।

बुटवलको राजमार्ग चौराहादेखि सुरु भएको र्‍याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्ने नेताहरूले संविधान र लोकतन्त्रको रक्षा गरेर युवा पुस्तालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले नेकपा एमाले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको र राष्ट्र राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीकाविरुद्ध दृढ भएर उभिने बताए ।
    
उनले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामबाट आम जनता जानकार रहेको बताए। एमाले पोलिटब्युरो सदस्य लीला गिरीले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए।

युवा सङ्घका पूर्वउपाध्यक्ष राजु गुरुङले जेन-जी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमालेका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी सम्पत्तिलगायतमा छानी छानी आगजनी र तोडफोड गरिएको बताउँदै त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्ने माग राखे ।

एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले गत भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : ५८ बजे

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो

धरानमा अर्थोडोन्टिकसम्बन्धी १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन

धरान– धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।