लोकतन्त्र, संविधानको रक्षा र जेन-जी पुस्ताको माग सम्बोधनका एजेन्डासहित एमालेको प्रदर्शन « Khabarhub

लोकतन्त्र, संविधानको रक्षा र जेन-जी पुस्ताको माग सम्बोधनका एजेन्डासहित एमालेको प्रदर्शन


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेकपा (एमाले)ले आज बुटवलमा प्रदर्शन गरेको छ । एमाले रूपन्देहीको आयोजनामा आज बुटवलमा प्रदर्शन तथा र्‍याली निकालिएको हो ।

लोकतन्त्र र संविधानको रक्षा तथा जेन-जी पुस्ताको माग सम्बोधनका एजेन्डासहित प्रदर्शन गरिएको एमाले रूपन्देहीले जनाएको छ । प्रदर्शनले राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा ल्याउने अपेक्षा एमालेको छ ।

बुटवलको राजमार्ग चौराहादेखि सुरु भएको र्‍याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्ने नेताहरूले संविधान र लोकतन्त्रको रक्षा गरेर युवा पुस्तालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले नेकपा एमाले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको र राष्ट्र राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीकाविरुद्ध दृढ भएर उभिने बताए ।
    
उनले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामबाट आम जनता जानकार रहेको बताए। एमाले पोलिटब्युरो सदस्य लीला गिरीले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए।

युवा सङ्घका पूर्वउपाध्यक्ष राजु गुरुङले जेन-जी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमालेका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी सम्पत्तिलगायतमा छानी छानी आगजनी र तोडफोड गरिएको बताउँदै त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्ने माग राखे ।

एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले गत भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ६ : ५८ बजे

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल