शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मधेशका मुख्यमन्त्री यादवको निर्देशन « Khabarhub

शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मधेशका मुख्यमन्त्री यादवको निर्देशन


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीतिक अवस्थामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

शनिबार जनकपुरधाममा भएको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा उनले राजनीतिको नाममा भइरहेको बदमासी र उग्र कार्यलाई रोक्न गम्भीर हुनुपर्नेमा जोड दिए।

बैठकमा प्रदेशमा विभिन्न पक्षबाट भइरहेको आन्दोलन तथा सुरक्षा चुनौतीका विषयमा छलफल भएको मधेश प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु कवाडीले जानकारी दिए। उनले पछिल्लो समयमा आन्दोलनका क्रममा कर्मचारी तथा प्रहरीमाथि भएको हातपातलगायत विषयमा पनि छलफल भएको बताए।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशको शान्तिसुरक्षाका विविध पक्षमा छलफल भएको र सुरक्षा निकायलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने आश्वस्त पार्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिइएको बताए।

सुरक्षा अवस्था सुदृढ बनाउन प्रदेश सरकारको प्रमुखको हैसियतले प्रतिबद्ध रहेको बताउँदै उहाँले शान्तिसुरक्षाका लागि आवश्यक गर्ने भौतिक, आर्थिक तथा नैतिक समर्थन रहने विषयमा सुरक्षा प्रमुखहरूलाई आश्वस्त पारिएको बताए।

बैठकमा मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रदेश प्रमुखका साथै धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीहरूको सहभागिता थियो।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : ०२ बजे

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते

एजेन्सी– इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन राख्न सिफारिस

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस गरिएको

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या

ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं– सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि