मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण « Khabarhub

मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वीक्षेत्रस्थित बाग्मती नदी करिडोर क्षेत्रको फोहरमैला व्यवस्थापन र सडक मर्मतबारे निरीक्षण गरेका छन्।

आज उनको नेतृत्वमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललगायतले गुह्येश्वरीदेखि सुन्दरी जल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिएका हुन्।

मन्त्री घिसिङले बाग्मती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए। उनले काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौँ उपत्यकाका विकास प्राधिकरण र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण तथा मर्मत सम्भारमा देखिएको समन्वयको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता जनाए।

मन्त्री घिसिङले भने, ‘काठमाडौँ उपत्यकाका नदीलाई सफा बनाए मात्र सहर सफा हुन्छ। त्यसैले दीर्घकालीन रूपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौँ। ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रूपमा गरिरहेका छौँ, नदी करिडोरका सडकलाई कालोपत्र, मर्मतसम्भार गर्नेलगायत कामलाई उच्च प्राथमिकता राखेर अगाडि बढाइएको छ।’

चाबहिल-सुन्दरी जल सडक बिस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उनले आग्रह गरे।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : ०६ बजे

‘सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी’

चितवन– सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)