विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल « Khabarhub

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताएका छन्।

पार्टी कार्यालय आलोकनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै वामपन्थी शक्ति एकै ठाउँमा उभिनुपर्ने बताउँदै त्यसका लागि ध्रुवीकरण हुन आवश्यक रहेको बताए।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय सदस्य तबस्सुम परविन मिकरानीलाई पार्टीमा स्वागत गर्दै सहसंयोजक नेपालले मुलुकमा भएका सबै राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्नेमा जोड दिए।

पूर्व प्रधानमन्त्री नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा देखा परेको संकट समाधान गर्ने सामर्थ्य कम्युनिष्ट आदर्शमा हुने विचार व्यक्त गरे।

समान विचारधारा भएका दल तथा समूहसँग पनि एकताको गृहकार्य भइरहेको बताउँदै उनले शक्ति तथा संगठन बिस्तारका लागि वैचारिक दृष्टिकोण तथा दीर्घकालीन कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : ११ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा