एमाले असम्भव चुनावको पछाडि लाग्दैन: महासचिव पोखरेल « Khabarhub

एमाले असम्भव चुनावको पछाडि लाग्दैन: महासचिव पोखरेल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा सदस्य निर्वाचन ‘नहुने सम्भावना’ भन्दै नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले शनिबार (कात्तिक २९) सुर्खेतमा सञ्चारकर्मीसँग पार्टीले ‘चुनाव अनिश्चितता’लाई राजनीतिक रणनीतिका रूपमा अघि बढाएको स्पष्ट पारे।

उनले चुनावको तयारी बाहिरबाट हेर्दा देखिएजस्तो सहज नभएको जिकिर गरे। देशमा ‘नयाँ शक्ति सम्पर्क र षड्यन्त्र’ चलिरहेको उनले आरोप लगाए।

वर्तमान राजनीतिक अस्थिरता, ‘संविधानविपरीत कदम’का शृंखला र सरकारका गतिविधिले निर्धारित मितिमा चुनाव हुनेमा उनले शंका व्यक्त गरे।

पोखरेलले भने, ‘देशलाई चुनावको नाम दिएर थप संकटतिर धकेल्ने प्रयत्न भइरहेको छ। एमाले असम्भव चुनावको पछाडि लाग्दैन।’

अन्तरिम सरकार गठनदेखि संसद् विघटनसम्मका प्रक्रियामा एमालेले निरन्तर प्रश्न उठाइरहेको उनले उल्लेख गरे।

उनले विघटित प्रतिनिधिसभालाई पुनः सक्रिय बनाएर नयाँ सहमति निर्माण गर्नुपर्ने धारणा राखे । उनले संसद् विघटनको निर्णयलाई ‘राजनीतिक रूपमा अस्वीकार्य’ भने।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा सर्वोच्च अदालतले ब्युँताइदिएको उदाहरण दिए। अहिले पनि संसद् पुनर्स्थापनाको सम्भावना रहेको उनको भनाइ थियो।

‘जेनजी’ आन्दोलनपछि सामाजिक सञ्जालमा ठूलो संख्यामा ‘फेक एकाउन्ट’ सक्रिय गराइएको उनले जिकिर गरे। त्यसले आन्दोलनको वास्तविक प्रभावलाई कमजोर पारेको उनले टिप्पणी गरे।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : ३७ बजे

देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप सुपर-८ : जित्नै पर्ने दबाबपूर्ण खेलमा आज श्रीलंका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बुधबार सहआयोजक श्रीलंका

विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड

काठमाडौं – इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर