पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार | Khabarhub Khabarhub

पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी- ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेट तथा कार्यक्रमबाट खर्च कटौती गरी स्रोत जुटाउने भएको छ।

अत्यावश्यक चालु कार्यक्रमबाहेकबाट खर्च कटौती गरी पुनर्निर्माणका लागि स्रोत जुटाउने नीतिगत निर्णय लिई कार्यान्वयनमा जान सबै मन्त्रालयलाई निर्देशन दिइसकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गण्डकी प्रदेशभित्र जेनजी प्रदर्शनका क्रममा सरकारी भवन र सवारीसाधनमा गरी करिब रु दुई अर्बको क्षति पुगेको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षति पुगेका संरचनाको तीन चरणमा पुनर्निर्माण गरिने बताए। तत्काल मर्मतसम्भार गर्न सकिने संरचनाको काम पहिलो चरणमा भइरहेको उनको भनाइ छ। दोस्रो चरणमा आंशिक क्षति पुगेका भौतिक संरचनाको प्रबलीकरण गरिने र पुनर्निर्माण गर्नुपर्ने संरचनाको काम तेस्रो चरणमा गरिने भएको हो।

‘कतिपय भवनलगायत ठूला संरचना पूरै भत्काएर नयाँ बनाउनुपर्ने छ, तिनको पुनर्निर्माणका लागि आगामी वर्षको बजेटबाट स्रोतको थप व्यवस्था हुन्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘क्षति पुगेका संरचनाको प्राविधिकहरुबाट मूल्याङ्कन र लागत योजनासमेत तयार गरिएको छ, कतिपय संरचनाको पुनर्निर्माणका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेको छ।’

एकैसाथ धेरै संरचनामा क्षति पुगेकाले पुनर्निर्माणका लागि स्रोत जुटाउन समस्या भइरहेको उनको भनाइ छ।

दीर्घकालीन रुपमा गर्नुपर्ने पुनर्निर्माणका लागि प्रदेश सरकारले योजना बनाइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। जेनजी प्रदर्शनका क्रममा कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको थियो।

कार्यालयका अनुसार प्रदेशभित्र ३६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सातवटा तोडफोड गरिएको र तीनवटा हराएका थिए। यस्तै १६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएको जनाइएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : ४९ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन