मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग « Khabarhub

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा मङ्सिर महिनाभित्रै गर्न केन्द्रलाई सिफारिस गरेको छ।

गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलाले सर्वसम्मत निर्णयसहित मङ्सिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्न माग गर्दै केन्द्रलाई सिफारिस गरेको प्रवक्ता माधवप्रसाद बाँस्तोलाले जानकारी दिए।

नियमित महाधिवेशन हुन नसकेमा पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने निर्णयसमेत प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको उनले जानकारी दिए।

प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भेलाले भदौ २३ र २४ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवा दम्पतीमाथि आक्रमणप्रति आपत्ति जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रदेश सभापति शुक्रराज शर्माले मुलुकको बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा गर्न आवश्यक भएको र नियमित नसकिए विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिए।

उनले नेपाली जनतालाई साथमै लिएर कांग्रेसले आफ्नो सिद्धान्तलाई अगाडि सार्नुपर्ने भन्दै पार्टीले आफ्नो सिद्धान्त छाड्दा जनताबाट टाढा हुँदै गएको जिकिर गरे।

‘जनतालाई मालिक मानेर सेवा गर्न कांग्रेसका नेता कार्यकर्ता लाग्नुपर्छ। त्यसका लागि महाधिवेशन हुनुपर्छ। नियमित महाधिवेशनले मात्र पार्टीलाई बलियो बनाउँछ’, सभापति शर्माले भने।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १० : ०५ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा