चिनियाँ दुर्व्यवहारका कारण न्यूयोर्कमा हुने भनिएको चलचित्र महोत्सव स्थगित « Khabarhub

चिनियाँ दुर्व्यवहारका कारण न्यूयोर्कमा हुने भनिएको चलचित्र महोत्सव स्थगित


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ अधिकारीले दुर्व्यवहार गरेपछि अमेरिकाको न्यूयोर्क शहरमा आयोजना हुने भनिएको चलचित्र महोत्सव स्थगित भएको छ । चिनियाँ अधिकारीहरुले दर्जनौँ चिनियाँ चलचित्र निर्देशक तथा उत्पादक र उनीहरुका परिवारमाथि दुव्र्यवहार गरेपछि महोत्सव स्थगित भएको हो ।

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार न्यूयोर्कमा नोभेम्बर ८ देखि १५ सम्म इण्डिचाइना फिल्म फेस्टिभल आयोजना हुने तय भएको थियो । तर, चिनियाँ दुव्र्यवहारका कारण महोत्सव स्थगित गर्नुपरेको आयोजक झु रिकुनले बताएका छन् ।

यसबाट आफ्नो मुलुकका बारेमा दुनियाँले के देख्छ वा पढ्छ भन्ने विषयमा चीनले नियन्त्रण कायम गर्न खोजेको प्रष्ट हुने वाचले जनाएको छ । चिनियाँ कलाकार तथा अभियन्ता चियाङ सीताका अनुसार उक्त महोत्सवमा सहभागी प्रायः सबै निर्देशकलाई चिनियाँ अधिकारीले धम्की दिएका छन् ।

चियाङका अनुसार विदेशमा रहेका र गैरचिनियाँ निर्देशकका आफन्त र साथीभाइले पनि चिनियाँ धम्कीको सामना गरेका छन् । महोत्सव स्थगित भएपछि आयोजक झुले जारी गरेको विज्ञप्तिमा चिनियाँ डरको कारण नभइ निर्देशक, पाहुना र अन्य साझेदारमाथि हुने दुव्र्यवहार रोक्न यस्तो निर्णय गरिएको प्रष्टिकरण दिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ३८ बजे

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक