सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल « Khabarhub

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको १० बुँदे सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले जेनजी युवाहरूको बलिदानकै कारण मुलुक नयाँ अवस्थामा प्रवेश गरेको भन्दै जेन-जी युवाहरूसँग भएको सम्झौता सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । १० बुँदे सम्झौता यताउता भए स्वीकार्य नहुने उनको भनाइ छ ।

खरेलले तोकिएको समयमा नै निर्वाचन सम्पन्न भएका कारण संसद्मा पुराना पातहरू हट्दै गएको र नयाँ पालुवा पलाएको धारणा राखे ।

जेन-जी आन्दोलनपछि मुलुकमा राजनीति र राजनीति नेतृत्वको परिभाषा नै परिवर्तन भएको भन्दै सांसद खरेलले परिभाषा परिवर्तन गर्ने नायक रवि लामिछाने भएको उल्लेख गरे । 

उनले सार्वभौम व्यवस्थापिका संसदलाई कार्यपालिकाको छाया बन्ने अवस्था आउन नदिन सबै प्रतिबद्ध हुनुपर्ने समेत बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ३५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट