बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो « Khabarhub

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा बाबुछोरा सहभागी भएको प्रहरीले सर्वजनिक गरेको छ।

आतङ्कवादी हमलाको रूपमा अनुसन्धान अगाडि बढाएको प्रहरीले आक्रमणमा संलग्न दुई बन्दुकधारी ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा रहेको सार्वजनिक गरेको हो।

प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ भने छोराको अवस्था चिन्ताजनक रहेको समाचारमा जनाइएको छ।

गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जना मारिएका छन्। मृतकको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

घटनामा अन्य ४२ जना घाइते भएका छन्। प्रहरीकाअनुसार ५० वर्षीय बन्दुकधारीसँग हतियारको इजाजतपत्र थियो। ती व्यक्तिको नाममा छ वटा हतियार दर्ता थिए। प्रहरीले घटनास्थलमा ६ वटा हतियार फेला पारेको छ।

घटनापछि उक्त क्षेत्रमा सयौं सुरक्षाकर्मी परिचालन भएका छन्।
त्यहाँका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस आक्रमणलाई ‘दुष्टताको कार्य’ भनेका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ५७ बजे

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली