बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो « Khabarhub

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा बाबुछोरा सहभागी भएको प्रहरीले सर्वजनिक गरेको छ।

आतङ्कवादी हमलाको रूपमा अनुसन्धान अगाडि बढाएको प्रहरीले आक्रमणमा संलग्न दुई बन्दुकधारी ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा रहेको सार्वजनिक गरेको हो।

प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ भने छोराको अवस्था चिन्ताजनक रहेको समाचारमा जनाइएको छ।

गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जना मारिएका छन्। मृतकको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

घटनामा अन्य ४२ जना घाइते भएका छन्। प्रहरीकाअनुसार ५० वर्षीय बन्दुकधारीसँग हतियारको इजाजतपत्र थियो। ती व्यक्तिको नाममा छ वटा हतियार दर्ता थिए। प्रहरीले घटनास्थलमा ६ वटा हतियार फेला पारेको छ।

घटनापछि उक्त क्षेत्रमा सयौं सुरक्षाकर्मी परिचालन भएका छन्।
त्यहाँका प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस आक्रमणलाई ‘दुष्टताको कार्य’ भनेका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ५७ बजे

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’