पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज « Khabarhub

पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले यस अवधिमा १० हजार ५३६ राष्ट्रिय परिचयपत्र १० पालिकामा पठाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । अघिल्लो आव २०८१–८२ मा ६४ हजार ६८१ राष्ट्रिय परिचयपत्र पठाइएकामा १३ हजार ५५० वितरण भएका थिए ।

चालु आर्थिक वर्षको तीन महिनामा व्यास नगरपालिकाबाट एक हजार २६५, भानु नगरपालिकाबाट एक हजार ८५१ मध्ये एक हजार ७२३, भिमाद नगरपालिकाबाट तीन सय २५ मध्ये २८, शुक्लागण्डकी नगरपालिकाबाट पाँच हजार २०० मध्ये तीन सय ४८, ऋषिङ गाउँपालिकाबाट एक हजार ६६६ मध्ये एक सय ५१, म्याग्दे गाउँपालिकाबाट दुई सय ६६, बन्दीपुर गाउँपालिकाबाट छ सय ७९, घिरिङ गाउँपालिकाबाट एक सय ९७, आँबुखैरेनी गाउँपालिकाबाट एक सय ७६, देवघाट गाउँपालिकाबाट पाँच सय सात परिचयपत्र वितरण गरिएको छ ।

तीन महिनामा प्रशासन कार्यालयमा दुई हजार ६५९ महिला र दुई हजार ७२९ पुरुष गरी पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको प्रजिअ अधिकारीले जानकारी दिए ।

सम्बन्धित स्थानीय तहबाट वितरण गर्दा सहज हुने भएकाले पालिकामा पठाएर राष्ट्रिय परिचयपत्र वितरण गरिएको प्रजिअ अधिकारीको भनाइ छ । उनले भने, ‘प्रशासन कार्यालयमा परिचयपत्र आउने तर सर्वसाधारण लिन नआउँदा थन्किएर बस्ने समस्या भयो । सोहीबमोजिम स्थानीय तहसँग समन्वय गरेर पालिकाबाटै वितरण थालेका हौँ ।’ (रासस)

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ८ : ४८ बजे

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’