‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा « Khabarhub

‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गोप्य रूपमा इन्गेजमेन्ट गरेको खुलासा गरेका छन् । हालै एउटा पोडकास्टमा सँगै देखिएका रामपाल र गेब्रिएलाले आफ्नो सम्बन्धबारे खुलेर कुरा गरेका छन् । गेब्रिएलाले उनीको चाँडै विवाह हुनसक्ने संकेत दिएकी थिइन् भने त्यसक्रममा रामपालले आफू इन्गेजमेन्ट गरिसकेको स्पष्ट परेका छन् ।

अर्जुन रामपालले यसअघि सन् १९९८ मा मोडेल मेहर जेसियासँग विवाह गरेका थिए । जसबाट उनका दुई छोरी महिका र मायरा छन्। करिब २० वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो ।

त्यसपछि सन् २०१९ मा रामपालले गेब्रिएलासँगको सम्बन्ध सार्वजनिक गरेका थिए। गेब्रिएलाले जुलाई २०१९ मा छोरा एरिक र सन् २०२३ मा दोस्रो छोरा एरिवलाई जन्म दिएकी छन्। करिब छ वर्षको सम्बन्धपछि यो जोडी चाँडै विवाहको तयारीमा रहेको बताइएको छ ।

रामपाल हाल फिल्म ‘धुरन्धर’ का कारण चर्चामा छन्। फिल्ममा उनले मेजर इकबालको नकारात्मक भूमिका निभाएका छन्, जसलाई दर्शक र समीक्षकबाट प्रशंसा मिलिरहेको छ। ‘धुरन्धर’ ले प्रदर्शनको नौ दिनमै तीन सय करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : १७ बजे

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली