निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल « Khabarhub

निर्धारित मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री अर्याल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताएका छन् ।

पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताए ।

‘वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएको हो, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु अहिलेको सरकारको प्रमुख जिम्मेवारी हो’, उनले भने, ‘निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ, फागुन २१ मै निर्वाचन सम्पन्न हुन्छ ।’

निर्वाचनका लागि विश्वासको वातावरण सृजना गर्न सरकारका तर्फबाट राजनीतिक दलसहित सरोकार भएका पक्षहरूसँग वार्ता र संवाद भइरहेको गृहमन्त्री अर्यालले बताए ।

निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको र प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गरिने उनको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालले बताए ।

‘जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको अवस्थालाई सामान्य बनाउन र मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने कुरामा सरकार गम्भीर ढङ्गले लागिपरेको छ’, उनले भने ।

गृहमन्त्री अर्यालले निर्वाचन सम्पन्न गराउन प्रदेश सरकारको महत्त्वपूर्ण भूमिका रहने बताए ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकारीसहित गण्डकीका ११ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।

गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गरी भावी सुरक्षा सुरक्षा रणनीति र कार्यदिशा तय गरिने गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले बताए ।

गोष्ठीमा निर्वाचन सुरक्षा योजनाका बारेमा पनि छलफल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : ४० बजे

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?

देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला

कङ्गोबाट यसवर्ष झण्डै पाँच लाख मानिस विस्थापित

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई

महेश बस्नेतले भने- पार्टी र मुलुकलाई अघि बढाउन केपी ओली नै चाहिन्छ

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी

बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै

ढोरपाटन– यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न

बालेनले भने- आगामी दिनमा एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउछौँ

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्ना ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम