मोरोक्कोमा आएको आकस्मिक बाढीबाट १४ जनाको मृत्यु « Khabarhub

मोरोक्कोमा आएको आकस्मिक बाढीबाट १४ जनाको मृत्यु


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्थानीय निकायले आइतबार जारी गरेको वक्तव्यमा यसबारे जानकारी दिएका हुन् ।

वक्तव्यअनुसार करिब एक घण्टाको अवधिमा परेको तीव्र मेघगर्जनसहितको वर्षाले प्रान्तका विभिन्न क्षेत्रहरूमा आकस्मिक बाढी निम्त्याएको हो। यसका कारण दर्जनौँ आवासीय घर तथा व्यापारिक प्रतिष्ठानहरू जलमग्न भएका छन् ।

यसअघि राष्ट्रिय समाचार संस्थाले सार्वजनिक गरेको विवरणअनुसार साफी नगरमा करिब ७० घर तथा व्यापारिक भवनहरूमा बाढी पसेको थियो भने १० वटा सवारी साधन बाढीले बगाएको थियो । बाढीका कारण सडक संरचनामा क्षति पुग्नुका साथै यातायात सञ्चालनमा व्यापक अवरोध सिर्जना भएको जनाइएको छ ।

स्थानीय प्रशासनका अनुसार हाल बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको छ भने क्षतिग्रस्त सडक, यातायात व्यवस्था तथा सार्वजनिक सेवाहरू पुनः सञ्चालनमा ल्याउने प्रयास तीव्र रूपमा अगाडि बढाइँदै छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १२ : १२ बजे

फेक रेस्क्यूमा पक्राउ परे ट्राभल एजेन्सीका ६ जना सञ्चालक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान